मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए । 
 
रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानुनी देखिएको छ ।
 
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

शेयर गर्नुहोस:

0
Shares