मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : डा महत

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : डा महत


नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् । 
 
कांग्रेस महासमिति सदस्य एवं नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा शुक्रबार कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले भने्,  “कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।”
 
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदमा पारित गर्नुपर्नेसमेत उनले बताए । कांग्रेसका अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले एकजुट भएर संगठन निर्माण गर्नुपर्ने बताए ।
 
कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तालगायतले शर्माको योगदानबारे प्रकाश पारेका थिए । गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो । रासस
 

शेयर गर्नुहोस:

0
Shares