मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा


तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन् । 
 
मन्त्री जरिफले इरानी वैज्ञानिक डा सिरोज असगरी सवार विमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताए । 
 
डा असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उनी त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए । 
 
तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय वैज्ञानिक डा असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो । 
 
गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाइका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए । 
 
सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिए । इरान र संयुक्तराज्य अमेरिका दुवैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् । 
 
इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् । एएफपी
 
 

शेयर गर्नुहोस:

0
Shares