मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा एकैदिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु


वासिङ्टन । संयुक्तराज्य अमेरिकामा एकैदिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजार ९२५ को कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाख ५९ हजार ३२३ व्यक्ति संक्रमित भइसकेका छन् । 
 
विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । विश्वभर कुल ६३ लाख ६३ हजार १९६ व्यक्ति संक्रमित हुँदा ३ लाख ७७ हजार १९० को मृत्यु भएको छ । 
 
अमेरिकामा विभिन्न राज्यले कोरोना भाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।
 
तर, अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख सहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ ।
 
मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा झनै बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares