मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर ६० लाख ८६ हजार संक्रमित, तीन लाख ६८ हजार बढीको मृत्यु

विश्वभर ६० लाख ८६ हजार संक्रमित, तीन लाख ६८ हजार बढीको मृत्यु


रियो दि जेनेरियो । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख ८५ हजार ९९४ पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
 
अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ६८ हजार ४४७ भन्दा बढी पुगेको जनाएको छ ।
 
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ लाख २ हजार ८६ रहेको छ भने एक लाख चार हजार ७८३ सङ्क्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच लाख २० हजार ९२८ पुगेको छ । 
 
अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् ।
 
बढी प्रभावित दक्षिण एसियाली मुलुकमा धेरै सङ्क्रमितको सङ्ख्या भारतमा रहेको छ । पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।  
 
भारतमा सङ्क्रमितको सङ्ख्या एक लाख ८१ हजार १४५ पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४५७, बङ्गलादेशमा ४४ हजार ६०८ र अफगानिस्तानमा १४ हजार ५२५ सङ्क्रमित रहेका छन् । 
 
नेपालमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ पुगेको छ भने हालसम्म ७ जनाको मृत्यु भएको छ । ब्राजिलमा विगत २४ घन्टामा ११८० सङ्क्रमितको मृत्यु भएको छ । 
 
विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस सङ्क्रमणका विगत २४ घन्टाको समयमा मृत्यु हुनेको सङ्ख्या ११८० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ । 
 
ब्राजिलमा शनिबार रातिसम्म २७ हजार ९४४ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।
 
शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या चार लाख ६८ हजार ३३८ पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
पछिल्लो २४ घन्टामा ब्राजिलमा कुल २९ हजार ५२६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
 
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब सात हजार ३०० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका सहर रहेका छन् । एएनआई

शेयर गर्नुहोस:

0
Shares