मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा कोरोना भाइरसवाट एक लाखले ज्यान गुमाए

अमेरिकामा कोरोना भाइरसवाट एक लाखले ज्यान गुमाए


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा कोराना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या एकलाख नाघेको छ । करिव दुई महिना अघिसम्म अमेरिकामा कोभिड १९ वाट एक लाख भन्दा वढी अमेरिकीको मृत्यु हुन्छ भन्ने कसैले अनुमान समेत गरेको थिएन । चीनमा देखिएको कोरोना भाइरस अमेरिका आउंदैन भन्ने भ्रम थियो ।   
 
चार महिना अगाडीसम्म सर्वसाधारणले थाहा नै नपाएको कोभिड १९ले विश्वकै आर्थिक र सैनिक दुवै दृष्टिले सवैभन्दा शक्तिशाली मुलुक अमेरिका अहिले सवैभन्दा वढी अक्रान्त छ । वुधवार सांझ सम्म पनि अमेरिकामा औषतमा दैनिक ९ सयले कोभिड १९का कारण ज्यान गुमाईरहेका छन् । कुनै दिन त यसवाट ज्यान गुमाउनको संख्या दैनिक ३ हजार कटेको थियो ।
 
अहिले संक्रमितको संख्या पनि दैनिक २० हजारको हाराहारीमा बृद्धि भईरहेको छ । अहिले संक्रमितको संख्या १७ लाख भन्दा वढी पुगेको छ ।
 
अमेरिकामा अहिले गत बर्षको यही समयका तुलनामा मृत्यु हुनेको संख्या १० प्रतिशतले वृद्धि भएको सीएनएनले जनाएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बृद्धि भएको अनुमान गरिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमा बृद्ध, अन्य स्वास्थ्य समस्या हुनेहरु धेरै छन् ।
 
कोभिड १९ ले अमेरिकामा स्वास्थ्य समस्या मात्र भएन । यसले अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । व्यवसाय प्रभावित हुदां झण्डै ४ करोड बेरोजगार हुन पुगे । उच्चदरले गिरावट आएको शेयर बजार भने पुन आफ्नो लयमा फर्किन थालेका छ । तर, अर्थतन्त्र आउने दिनमा के हुन्छ भन्ने तनाव र आशंका भने छ ।
 
 अमेरिकामा लगभग सवै राज्य सरकारले कोभिड १९ फैलिन नदिन आम नागरिकलाई अत्यावश्यक काम बाहेक घरमै वस्न आग्रह गरे । तर, पनि बजारमा जान हिड्न भने रोक लगाईएन । त्यसले गर्दा पनि संक्रमण फैलिएको हो भन्ने तर्क पनि गरिएको छ ।
 
कोरोना भाइरसले महामारी लिएपछि अमेरिकामा मानिसहरुको दैनिकी भने प्रभावित भएको छ । सधै व्यवस्त हुने एयरपोर्ट सुनशान भए । हवाई यात्रा गर्नेको संख्या ९६ प्रतिशतसम्म तल झर्यो । स्कुलहरु शैक्षिक सत्र सकिनु भन्दा करिव दुई महिना अघि देखिनै वन्द भए । अहिले समर छुट्टी भएको छ । करिव साढे दुई महिना पछि शुरु हुने आउने शैक्षिक सत्र यथावत शुरु हुन्छ हुदैंन भन्ने अझै टुंगो छैन ।
 
पार्क, मल वन्द भए । । खेलकुद लगायत विभिन्न सार्वजनिक कार्यक्रमहरु भएनन् ।
 
कोरानाले ठुलो संख्यामा नेपालीपनि प्रभावित भए । संक्रमित हुने नेपालीको संख्या ५ हजार भन्दा वढी रहेको अनुमान छ । कोरोना भाइरसका कारण अमेरिकामा १८ जना नेपालीको ज्यान पनि गयो ।
 
कयौं नेपालीको पनि नियमित आम्दानीको बाटो कोरोना भाइरसका कारण रोकिएको छ । नेपाली समुदायले संचालित गर्दै आएका कयौं व्यवसाय पनि वन्द भए । पढ्नका लागि अमेरिका आएका नेपाली विद्यार्थी सवैभन्दा वढी प्रभावित भएका छन् । अमेरिका सरकारले दिएको विभिन्न सुविधा पनि विद्यार्थीले नपाउने, काम पनि पाउन मुस्किल हुदां विद्यार्थी समस्यामा परेका हुन् । मे, जुन, जुलाई, महिना कलेज छुट्टी हुने भएकाले काम गरेर पैसा जोहो गर्ने समय हो । तर, अहिले काम पाउन सजिलो छैन ।
 
कयौं नेपाली नेपाल फर्किन सकेनन् । तर, नेपाली समुदायले यो संकटमा आफ्ना क्षेत्रमा सहयोग गर्न भने पछि परेनन् । न्यूयोर्कमा स्थानिय तवरमा संक्रमित र सहयोग आवश्यक पर्नेलाई नेपाली समुदायनै सहयोग गर्न त्यहांको नेपाली समुदायनै जुट्यो ।

शेयर गर्नुहोस:

0
Shares