मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रुसमा एकैदिनमा नौ हजार संक्रमित, ९२ जनाको मृत्यु

रुसमा एकैदिनमा नौ हजार संक्रमित, ९२ जनाको मृत्यु


मस्को । रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५३ हजार ४२७ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
 
सङ्क्रमितहरुको सङ्ख्याको वृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमा भन्दा कम रहेको उनीहरुले बताएका छन् । 
 
तर, कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले सङ्क्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउने गरेका छन् । एपी
 

शेयर गर्नुहोस:

0
Shares