मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा एकैदिनमा दुई हजार सङ्क्रमित थपिए

पाकिस्तानमा एकैदिनमा दुई हजार सङ्क्रमित थपिए


इस्लामावाद । पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजार ३३६ भएको अधिकारीहरुले जनाएका छन् । 
 
पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाइ छ । कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो ।
 
पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ७३७ को छ । 
 
पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । देशभरी सङ्क्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन् । पञ्जावमा कुल १३ हजार २२५ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन् ।   
 
त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 
 
कुल सङ्क्रमित मध्ये आठ हजार ८१२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।अघिल्लो हप्तादेखि सङ्क्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै वृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।
 
लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उल्लंघन हुनुलगायतका कारणले सङ्क्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन् । 
 
पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडानमार्फत पाकिस्तानले ३७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो । यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ । पिटिआई
 

शेयर गर्नुहोस:

0
Shares