मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना अपडेटः विश्वभर २ लाख ९६ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ९६ हजारको मृत्यु


जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ९५ हजार ७२७ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ९५ हजार नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार रातिसम्ममा ३ हजार २५६ जनाको मृत्यु भएको छ भने ५७ हजार ९९ नयाँ संक्रमित थपिएका छन् ।  
 
प्राप्त समाचारअनुसार विश्वभर ४६ हजार १२० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख १५ हजार ८२३ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ । 
 
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा ७६१ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ८४ हजार १८६ पुगेको छ ।
 
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार १०६, स्पेनमा २६ हजार ९२० र फ्रान्समा २६ हजार ९९१ जनाको मृत्यु भएको छ ।  
 
कोरोना भाइरसबाट युरोपमा १६ लाख ९५ हजार ८४० जना कुल संक्रमित भएकोमा १ लाख ५७ हजार १८५ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १५ लाख ५६ हजार १२९ संक्रमित भएकोमा ९४ हजार १५७ जनाको ज्यान गएको छ । 
 
यसैगरी, एसियामा ६ लाख १८ हजार ९६१ जना बिरामी छन् भने २३ हजार २०६ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा ३ लाख ४० हजार ८७३ जना संक्रमितमध्ये १८ हजार ३२२ को मृत्यु भएको छ । अफ्रिकामा ७२ हजार ८८ जना संक्रमित रहेकोमा २ हजार ४४६ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा कुल ८ हजार ५८१ जना संक्रमितमध्ये ११९ ले ज्यान गुमाएका छन् ।  
 
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । भारतमा ७८ हजार ४१ जना संक्रमित छन् भने २ हजार ५५१ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३४ हजार ३३६ संक्रमितमध्ये ७३७ को ज्यान गएको छ । बंगलादेशमा १७ हजार ८२२ संक्रमितमध्ये २६९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ५ हजार २२६ संक्रमितमध्ये १३२ को ज्यान गएको छ । 
 
यस्तै, श्रीलंकामा ८९३ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ९०४ संक्रमित रहेकोमा ३ जनाको ज्यान गएको छ । 
 
नेपालमा हालसम्म २४३ जना संक्रमित छन् भने ३५ जना निको भएका छन् । भुटानमा ११ जनामा संक्रमित देखिएकोमा ५ जना घर फर्किसकेका छन् । एजेन्सी