काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड९१९) बाट विश्वभर ४३ लाख ९३ हजार १९३ मानिस संक्रमित भएका छन् । जसमध्ये १६ लाख ३४ हजार ४८३ निको भई घर फर्किएका छन् ।
विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ९५ हजार ४५० मानिसको ज्यान गएको छ । अझै २४ लाख ६३ हजार २६० जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४६ हजार १२० जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २४ लाख १५ हजार १६६ को अवस्था मध्यम रहेको जनाइएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १४ लाख १७ हजार ३९८ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ८३ हजार ९८० पुगेको छ । अमेरिकामा १० लाख ३३ हजार ११९ जनाको उपचार जारी छ भने ३ लाख २९९ जना निको भई घर फर्किएका छन् ।
स्पेनमा २ लाख ७१ हजार ९५ जना संक्रमित भएकोमा २७ हजार १०४ जनाको मृत्यु भएको छ । रसियामा २ लाख ४२ हजार २७१ संक्रमित रहेका छन् भने २२१२ जनाले ज्यान गुमाएका छन् । युकेमा २ लाख २९ हजार ७०५ जना संक्रमित भएकोमा ३३ हजार १८६ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २२ हजार १०४ जना बिरामी रहेकोमा ३१ हजार १०६ को ज्यान गएको छ ।
फ्रान्समा १ लाख ७८ हजार २२५ संक्रमित छन् भने २६ हजार ९९१ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७३ हजार ६४७ जना संक्रमित भएकोमा ७७८८ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १ लाख ८० हजार ४९ संक्रमित भएकोमा १२ हजार ५९९ को मृत्यु भएको छ ।
टर्कीमा १ लाख ४३ हजार ११४ बिरामी रहेकोमा ३९५२ जनाको निधन भएको छ । इरानमा १ लाख १२ हजार ७२५ संक्रमित छन् भने ६७३३ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ९१९ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ५२०९, बेल्जियममा ८८४३, पेरुमा २०५७, नेदरल्याण्ड्समा ५५६२, भारतमा २५४६, स्वीट्जरल्याण्डमा १८७०, इक्वेडरमा २३२७, पोर्चुगलमा ११७५, स्वीडेनमा ३४६०, आयरल्याण्डमा १४८८, मेक्सिकोमा ३९२६ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म २४३ जना संक्रमित रहेका छन् भने ३४ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा









प्रतिक्रिया