मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना अपडेटः विश्वभर २ लाख ८२ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ८२ हजारको मृत्यु


जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८२ हजार ३८८ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ४८ हजार नाघेको छ । 
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार रातिसम्ममा १ हजार ७५४ जनाको मृत्यु भएको छ र आइतबार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।  
 
प्राप्त समाचारअनुसार विश्वभर ४७ हजार ४२२ मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ५५ हजार ११३ अर्थात् करिब ९८ प्रतिशतको अवस्था सामान्य छ । 
 
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ३२३ पुगेको छ ।
 
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घन्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घन्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ८० जनाको ज्यान गएको छ । इटालीमा ३० हजार ५६०, स्पेनमा २६ हजार ६२१ र फ्रान्समा २६ हजार ३१० जनाको मृत्यु भएको छ ।  
 
कोरोना भाइरसबाट युरोपमा १६ लाख २७ हजार ७२७ जना कुल संक्रमित भएकोमा १ लाख ५२ हजार ६३४ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिकामा १४ लाख ८० हजार २३९ संक्रमित भएकोमा ८९ हजार ३४० जनाको ज्यान गएको छ । 
 
यसैगरी, एसियामा ६ लाख ६६ हजार २४० जना बिरामी छन् भने २२ हजार १०६ जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकामा २ लाख ९८ हजार ६७४ जना संक्रमितमध्ये १५ हजार ४४१ को मृत्यु भएको छ । अफ्रिकामा ६३ हजार ४५८ जना संक्रमित रहेकोमा २ हजार २६७ को ज्यान गएको छ । यस्तै, ओसेनिया (अस्ट्रेलिया) मा  कुल ८ हजार ५३९ जना संक्रमितमध्ये ११८ ले ज्यान गुमाएका छन् ।  
 
दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा प्रभावित भारत बनेको छ । यहाँ ६५ हजार २१ जना संक्रमित छन् भने २ हजार १५३ ले ज्यान गुमाएका छन् । यस्तै, पाकिस्तानमा ३० हजार ३३४ संक्रमितमध्ये ६५९ को ज्यान गएको छ । बंगलादेशमा १४ हजार ६५७ संक्रमितमध्ये २२८ जनाको मृत्युु भएको छ । अफगानिस्तानमा ४ हजार ४०२ संक्रमितमध्ये १२० को ज्यान गएको छ । 
 
यस्तै, श्रीलंकामा ८५६ कुल संक्रमितमध्ये ९ जनाको निधन भएको छ । यस्तै, माल्दिभ्समा ८३५ संक्रमित रहेकोमा ३ जनाको ज्यान गउको छ । 
 
नेपालमा हालसम्म ११० जना संक्रमित छन् भने ३१ जना निको भएका छन् । भुटानमा ७ जनामा संक्रमित देखिएकोमा ५ जना र फर्किसकेका छन् । एजेन्सीको सहयोगमा

शेयर गर्नुहोस:

0
Shares