मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनमाथि प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी

चीनमाथि प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी


बासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
 
उनले भनेका छन्, ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन ।’
 
ट्रम्पको उक्त भनाइ अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानेक्रममा हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग बताएका हुन् । 
 
गत २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किकन सेल्फ क्जारेन्टाइनमा रहँदै आएका राष्ट्रपति ट्रम्प अब क्याम्प डेभिभमा एक साता बिताउने बताइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पका साथ फार्म हाउस प्रस्तान गरेका हुन् । 
 
अमेरिकाले पटकपटक चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलाएको दाबी गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले समेत चीनकै पक्षपोषण गर्दै महत्त्वपूर्ण सूचना लुकाएको र महामारी आउन सक्नेबारे ढिलागरी सूचना जारी गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।
 
सोही कारणलाई आधार बनाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको आर्थिक सहायता कटौती गर्न ट्रम्प प्रशासनलाई निर्देशन गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकालाई सहयोग रकम रोक्ने विषयमा पुनःविचार गर्नसमेत आग्रह गर्दै आएको छ । 
 
अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४०० अस्पतालहरुलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ ।
 
ह्वाइट हाउसका प्रवक्ता केली मेक्ननीले दिएको जानकारीअनुसार कोरोना भाइरस संक्रमित १०० बिरामी वा सोभन्दा बढी बिरामी भर्ना भएको अस्पताललाई प्राथमिकता दिएर सहयोग रकम हस्तान्तरण गरिने छ ।
 
अमेरिका र चीनबीचको मनमुटावका कारण विश्व स्वास्थ्य संगठनको कार्यक्रम प्रभावित हुनुका साथै विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने विश्लेषण हुन थालेको छ । एजेन्सी

शेयर गर्नुहोस:

0
Shares