मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सशस्त्र समूहबीचको भिडन्तमा ५३ भन्दा बढीको मृत्यु

सशस्त्र समूहबीचको भिडन्तमा ५३ भन्दा बढीको मृत्यु


बाङ्गुली । दुई सशस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ ।
 
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार जनाएका छन् ।
 
दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो । भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
मृत्यु भएकामध्ये २५ जना आम नागरिक र अरु २८ जना सशस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ ।
 
दुई पक्षका बीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको समाचारमा जनाइएको छ ।   
 
यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो । विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो ।  सिन्हवा
 

शेयर गर्नुहोस:

0
Shares