मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन ७५ जनाको मृत्यु, ३५ हजार बढी संक्रमित

भारतमा एकैदिन ७५ जनाको मृत्यु, ३५ हजार बढी संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट शुक्रबार मध्यान्हसम्म ज्यान गुमाउनेको संख्या एक हजार १५४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ज्यान गुमाउनेको संख्या ७५ नाघेको हो ।
 
भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ३५ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसका एक हजार ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।
 
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा हालसम्म कोरोना भाइरसको कारण करिब १० हजार ५०० संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ । त्यस्तै, गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।
 
मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । 
 
पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।
 
बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ । हालसम्म भारतमा नौ हजार ६८ संक्रमित उपचारपश्चात् घर फर्किसकेका छन् ।
 
भारतमा आगामी आइतबार अर्थात् मे ३ सम्म लकडाउन घोषणा गरिएको छ । 

शेयर गर्नुहोस:

0
Shares