नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । हालसम्म ८८४ जनाले ज्यान गुमाइसकेका छन् ।
सोमबार दिउँसोको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २७ हजार ९७७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देखिएका संक्रमितहरूमध्ये ६ हजार ५२३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार ४८६ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।
कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र सपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । एएनआई
प्रतिक्रिया