मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५४ हजार २५६ पुग्यो

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५४ हजार २५६ पुग्यो


काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या आइतबार बिहानसम्म ५४ हजार २५६ पुगेको छ । शनिबारमात्रै अमेरिकामा २ हजार ६५ जनाको ज्यान गएको छ । 
 
पछिल्लो २४ घन्टामा अमेरिकामा ३५ हजार ४१९ संक्रमितको पहिचान भएको छ । अमेरिकामा ७ लाख ८८ हजार २३३ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजार ११० संक्रमितको अवस्था जटिल रहेको बताइएको छ ।
 
अमेरिकामा कुल ९ लाख ६० हजार ६५१ जना संक्रमित भएका छन् । यो संख्या विश्वभर कुल संक्रमितको झन्डै एक तिहाइ अर्थात् ३२.८९ प्रतिशत हुन आउँछ ।  
 
कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ३ हजार २६९ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २९ लाख २० हजार ९०५ पुगेको छ । 
 

शेयर गर्नुहोस:

0
Shares