हिमालयखबर संबाददादा –
ड्यालस (टेक्सस)। विगत १७ वर्षदेखि टेक्ससको युलेसमा बस्दै आएका नेपाली युवा दीपेश थापाको निधन भएको छ ।
३८ वर्षिय थापाको विहीबार युलेसस्थित अपार्टमेन्टमा निधन भएको पुष्टी उनका दाजु दीवस थापाले हिमालयखबरलाई बताए । ‘बिहीबार बिहान भाईलाई पटक पटक कल गर्दा फोन नउठेको र भेट्नका लागि दिउसो पुग्दा सुतिरहेको भेटेँ । यतिखेरसम्म किन नउठेको भनेर जिउमा चलाउँदा कुनै प्रतिकृया नदिएको र पछि हेर्दा मुखबाट रगत निस्केपछि ९११ लाई फोन गरेँ’ दीवसले जानकारी दिए ।
९११ ले नाडी छाम्न भनेपछि छाम्दा कुनै चाल नपाएको उनले बताए । शनिबार दिउँसो दीपेशको शवलाई हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो ।
बुधबार साँझमा समेत दाजुभाईको भेटघाट भएको थियो । पाँच वर्ष अघि बिहे भएका थापाको बच्चाहरु भने छैनन् । उनको निधनमा ड्यालसका धेरै नेपालीहरुले दुःख व्यक्त गरेका छन् ।







प्रतिक्रिया