मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा लकडाउनको अवधि लम्बियो

पाकिस्तानमा लकडाउनको अवधि लम्बियो


इस्लामावाद । पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । 
 
पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागू हुने गरी शुक्रबार घोषणा गरेको हो । केन्द्रीय योजना तथा विकासमन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए ।   
 
देशव्यापी लकडाउन लागू भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६५२ रहेको छ ।
 
त्यसैगरी देशभरि कोरोना भाइरसका कारण २४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ ।
 
त्यहाँ चार हजार ८५१ जना सङ्क्रमित भेटिएका छन् । महामारीविरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ ।  
 
शनिबारदेखि मुस्लिम धर्माबलम्वीहरुको एक महिने रमजान पर्वसमेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares