मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, २८ लाख ६७ हजार ९८४ व्यक्ति संक्रमित

विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, २८ लाख ६७ हजार ९८४ व्यक्ति संक्रमित


काठमाडौँ । विश्वभरका जनतालाई भय, त्रास, शोक र सन्नाटाको स्थितिमा थकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट संसारभर दुई लाख ४३० जनाको मृत्यु भएको छ । विश्वभर २८ लाख ६७ हजार ९८४ व्यक्ति संक्रमित भएका छन् । 
 
कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । यहाँ ५२ हजार ८४३ जनाको मृत्यु भएको छ । अमेरिकामा लगभग एकतिहाइ अर्थात् ९ लाख २९ हजार ८४१ मानिस संक्रमित भएका छन् । 
 
युरोपेली मुलुकहरुमध्ये इटालीमा कुल १ लाख ९५ हजार ३९१ संक्रमित भएकोमा २६ हजार ३८४ जना, स्पेनमा कुल २ लाख २३ हजार ७५९ संक्रमित भएकोमा २२ हजार ९०२ जना, फ्रान्समा कुल १ लाख ५९ हजार ८२८ संक्रमित रहेकोमा २२ हजार २४५, बेलायतमा १ लाख ४८ हजार ३७७ संक्रमित रहेकोमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८०५ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९३ जना, रसियामा ६८१ जनाको मृत्यु भएको छ ।
 
यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।  
 
यस्तै, दक्षिण एसियाली मुलुकहरुमा भारतमा २४ हजार ९४२ संक्रमित रहेकोमा भारतमा ७८०, पाकिस्तानमा १२ हजार २२७ जना संक्रमित भएकोमा २५६, बंगलादेशमा ४ हजार ९९८ संक्रमित भएकोमा १४०, अफगानिस्तानमा १ हजार ४६३ संक्रमित रहेकोमा ४७, श्रीलंकामा ४४९ संक्रमित भएकोमा ७, माल्दिभ्समा १२९ व्यक्ति संक्रमित भएका छन् । यस्तै, नेपालमा ४९ र भुटानमा ७ जना कोरोना भाइरस संक्रमण रहेको पाइएको छ । एजेन्सी
 

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares