न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अनलाइन मार्फत नेजा बहस संचालन गरेको छ । कोभड–१९ को विश्वव्यापी महामारलाई लिएर यस सँग सम्बन्धित विभिन्न विषयमा केन्द्रीत रहेर नेजाको आधिकारिक फेसबुक पेजवाट अनलाइन वहसको सुरुवात गरिएको संघका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए ।
संघले मंगलवार गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मासँग वहस कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा एनआरएनएका महासचिव डा. शर्माले नेपालमा रहेका नेपालीका साथैं अहिले विश्वका विभिन्न देशमा रहेका गैर आवासीय नेपालीको सहयोगार्थ एनआरएनएले कार्यक्रमहरु गरिरहेको जानकारी दिएका थिए । उनले अहिले एनआरएनएको ध्यान गैर आवासीय नेपालीमा बढी केन्द्रीत गरिएको जानकारी दिदैं सहयोग आवश्यक पर्नेले राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न पनि आग्रह गरे ।
महासचिव शर्माले यो समयमा संघले आइसिसी र एनसिसीमार्फत आर्थिक सहयोग संकलन गरिरहेको बताउँदैं सहयोगका लागि समेत अनुरोध गरेका थिए । विभिन्न देशमा रहनुहुने नेपाल जान चाहनेहरुलाई नेपाल लैजानका लागि नेपाल सरकार सम्ष छलफल भैरहेको उनले बताए ।
वहस कार्यक्रमको सहजीकरण नेजाका महासचिव किरण मरहठ्ठाले गरेका थिए । महासचिव मरहठ्ठाले संस्थाको फेसबुक पेजमार्फत गरिने लाइभ वहसलाई अन्य संचारमाध्यमहरुले समेत स्थान दिनुभएकोमा धन्यवाद दिदैं आगामी दिनमा समेत सहयोग गर्न सबैंमा अनुरोध गरे ।
कोभिड–१९ का सम्बन्धमा चेतनामुलक कार्यक्रमका साथैं विश्वभर रहनुहुने नेपालीले भोग्नुपरेको समस्या, यसका असर र गर्न सकिने प्रयासलाई लिएर आगामी दिनमा समेत अनलाइन वहस कार्यक्रम गरिने नेजा सचिव सुरज भण्डारीले जनाए ।







प्रतिक्रिया