मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता एक हजार २५० भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 
 
सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या १७ हजार ६१५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ८५४ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार २०२ भन्दा बढी कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत छन् । 
 
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३८ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५५९ पुगेको छ ।
 
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । 
 
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच, महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
 
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । 
 
यसैबीच, ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 
 
यसैगरी, यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ ।  राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ४७८ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भइसकेको छ ।
 
त्यसैगरी, भारतको तमिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् । 
 
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । । 
 
त्यसपछि पनि यहाँका उत्तरप्रदेश र केरला राज्यमा पनि ठूलो संख्याका संक्रमितहरु भेटिएका छन् । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares