मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनमा एकै दिन १२९० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६३२ पुग्यो

चीनमा एकै दिन १२९० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६३२ पुग्यो


चीन । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा पछिल्लो समय नियन्त्रणउन्मुख भइरहेको अवस्थामा शुक्रबार एक्कासि १२९० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
 
बिहीबार रातिसम्म चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३३४२ रहेको विवरण वल्र्डोमिटरले सार्वजनिक गरेको थियो । तर, शुक्रबार एक्कासि मृत्यु हुनेको संख्या बढेर ४६३२ पुगेको हो । 
 
चिनियाँ सञ्चारमाध्यमहरुले मृतकको संख्या एक्कासि बढ्नुका पछाडि यसअघि कोरोना संक्रमणको उद्गमस्थल वुहानमा घरमै मृत्यु भएकाहरुको संख्या गणनामा छुटेको दाबी गरेका छन् ।
 
तर, यस तथ्यांकले चीनमा वास्तविक तथ्यांक लुकाएको हुनसक्ने आशंका पनि गरिएको छ । 
 
कोरोना संक्रमितको सख्या ह्वात्तै बढेपछि अस्पतालहरुले थेग्न नसक्दा सही तथ्यांक सार्वजनिक गर्न छुटेको र हाल अवस्था सामान्य हुँदै गएपछि सो तथ्यांक सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 
 
यो तथ्यांकसँगै वुहान सहरमा कोरोना भाइरसको संक्रमितको संख्या ५० हजार ३३३ पुगेको छ । 
 
चीनमा कुल ८२ हजार ६९२ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । शुक्रबार ३५१ नयाँ संक्रमित थपिएका छन् । 
 
चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ९४४ रहेको छ । चीनमा हाल ११६ जनाको उपचार जारी रहेकोमा ८९ को अवस्था जटिल रहेको छ । 
 
यस महामारीबाट संसारभर १ लाख ४६ हजार ८९९ जनाले ज्यान गुमाइसकेका छन् । ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस को प्रकोपबाट विश्वभर २१ लाख ८४ हजार ७८४ मानिस संक्रमित भएका छन् ।

शेयर गर्नुहोस:

0
Shares