मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा १३ हजार बढी संक्रमित, ४४८ को मृत्यु

भारतमा १३ हजार बढी संक्रमित, ४४८ को मृत्यु


नयाँ दिल्ली । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड १९० का कारण भारतमा ज्यान गुमाउनेको संख्या ४४८ पुगेको छ । कोरोनाका कारण भारतमा १३ हजार ४९५ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ हजार ७७७ जना निको भइसकेका छन् ।
 
कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ ।
 
विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस ९कोभिड(१९० को प्रकोपबाट २१ लाख ८४ हजार ७०४ मानिस संक्रमित भएका छन् ।
 
जसमा ५ लाख ५२ हजार ७७१ जना निको भएका छन् भने १४ लाख ८४ हजार २६५ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५६ हजार ५९१ जनाको स्थिति जटिल छ ।
 
यस महामारीबाट संसारभर १ लाख ४६ हजार ८९८ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
 
कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ९५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २९ हजार ५६७ जना नयाँ संक्रमित थपिएका छन् ।

शेयर गर्नुहोस:

0
Shares