मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा बेलायतबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण

नेपालमा बेलायतबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण


काठमाडौँ । नेपालमा पुनः थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
 
जसमध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी छ । 
 
सोमबार तीन जनाको ¥यापिड टेस्ट गर्नेक्रममा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण देखिएका उनीहरु करिब एक महिनाअघि युकेबाट नेपाल आएका हुन् । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरी थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
 
तीनमध्ये छोरा र बुहारीको जनाको रिपोर्ट आएकोमा कोरोना संक्रमण पुष्टि भएको छ । आमाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ ।  
 
सनसिटीका पाँचवटा विल्डिङमध्ये कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा रहँदै आएको छ । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएलगत्तै प्रहरीले अपार्टमेन्टलाई सिल गरेको छ ।
 
अपार्टमेन्टमा रहेका मानिसहरुलाई अन्यत्र जान दिइएको छैन । सो अपार्टमेन्टमा पाँचसय परिवार बस्छन् । हाल अपार्टमेन्टमाभित्र करिब दुई हजारको संख्यामा मानिस बस्दै आएका छन् । 
 
प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको हो । 
 

शेयर गर्नुहोस:

0
Shares