मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्यूर्याकमा तीन दिनमा चार नेपालीले ज्यान गुमाए

न्यूर्याकमा तीन दिनमा चार नेपालीले ज्यान गुमाए


हिमालयखवर संवाददाता
अमेरिका- न्युयोर्कमा दुई दिन यता चार जना नेपालीको मृत्यु भएको छ ।  न्यूयोर्क निवासी अजयमान छोचुंको शनिवार उपचारका क्रममा मृत्यु भएको हो ।
 
न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा अजमानको मृत्यु भएको हो । उनी करिव ६५ बर्षका थिए । ह्दयधातका कारण उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
 
दुई दिन यता मात्र चारजना नेपालीले ज्यान गुमाएका छन् ।
 
मुस्तागंका सोनाम लामा र थोक्मे विष्टको को पनि शुक्रवार निधन भएको थियो । यस्तै अर्का नेपाली निग्मा तेम्बा शोर्पाको पनि निधन भएको छ । विष्टको पनि मुटु रोगका कारण निधन भएको उनी निकटले जनाएका छन् । यस सगैं दुई साता यता न्यूयोर्कमा ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको छ ।
 
कोराना भाइरस संक्रमणको मुख्य केन्द्र न्यूयोर्कमा अहिले व्याप त्रास छ । अधिकांश नेपाली घरमै वसिरहेका छन् । यसले गर्दा समस्या पनि देखिएको हो ।
 
केही दिन अघि कोरोना भाइरसको संक्रमणवाट अर्का नेपाली अनिल लिम्बुको मृत्यु भएको थियो । उनी करिव ५० बर्षका थिए । दुई साता यता न्यूयोर्कमा ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको छ ।

शेयर गर्नुहोस:

0
Shares