मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना Covid-19 को लागी लसएन्जल्समा SAAN को स्वास्थ्य टोली तयारी

कोरोना Covid-19 को लागी लसएन्जल्समा SAAN को स्वास्थ्य टोली तयारी


लसएन्जलस (अमेरिका)- Society of American Nepalese Nurses (SANN)  को संयोजकत्वमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप दिनदिनै बढेर गइरहेको अबस्थालाई मध्य नज़र गर्दै उहाँ हरुले नेपाली समुदायलाई केहि  स्वास्थ्य समस्या परेमा तत्काल सहयोग पुर्याउने हेतुले सम्पर्क फोन सहित स्वास्थ्यकर्मीहरुको टोली तयार पारिएको छ ।
 
ज्वरो,रुघाखोकी, एलर्जी र कोरोना भाइरसको लक्षण  उस्तै  उस्तै हुने भएकोले धेरै  मानिसहरुलाई अन्यौलता भईरहेको ले सो वारेमा सचेतना दिनको लागि SANN  (Society of American Nepalese Nurses Southern California Chapter) ले Dr Ritesh Parajuli सहित नर्सहरूको स्वास्थ्य सपोर्ट टिम बनाएको जानकारी संस्थापक अध्यक्ष एंव सक्रिय स्वास्थ्यकर्मी टिका आङदेम्बे ले दिनुभएको छ।
 
 तपशिल मा उल्लेखित फोनमा सम्पर्क राखी covid -19 बारे परामर्श लिन सक्नुहुने छ र फोन सम्पर्क हुन नसकेमा कृपया आफ्नो फोन नम्बर र मेसेज छोड्नु हुन समेत आग्रह गरेका छन् ।
यस संस्थाले क्यालिफोर्निया लसएन्जल्समा  हरेक बर्ष निःशुल्क स्वास्थ्य  परीक्षण साथै सि पि आर तालिम समेत गर्दै आईरहेको छ ।
 
कोरोनाभाइरससंगको यो लड़ाईमा हरेक व्यक्ति,परिवार,र समुदायको योगदान महत्वपूर्ण छ र सबैले आ – आफ्नो तहबाट सहयोग तथा योगदान गर्नु  सामाजिक दायित्व  पनि हो भन्दै यो टिम समुदायको सहयोगको  निम्ति तयारी अबस्थामा रहेको छ ।
 
  • Dr Ritesh Parajuli   (949)-771-4210
  • NP Sarita Parajuli     (562)-2303970
  • NP Shanta Adhikari  (818)-4562651
  • NP Gayetri Subedi   (949)-400-1034
  • NP Avina G.C            (626)-8933700
  • RN Tika Angdembey (714)-642-6790
  • RN Anju Adhikari     (714)-655-5641

शेयर गर्नुहोस:

0
Shares