हिमालयखबर संबाददादा –
वासिङटन डिसी (अमेरिका)। अमेरिकी उच्च अधिकारीहरुले कोभिड–१९ (कोरोना भाइरस) बाट हुने क्षती एकलाख भन्दा कममै सिमित गर्न प्रयासरत रहेको जनाएका छन् ।
कोरोना भाइरसबारे जानकारी दिनका लागि मंगलबार अपरान्ह ह्वजाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा कोरोना नियन्त्रण कार्यदलकी डा. डेब्रा ब्रिक्सले मानबीय क्षतीलाई एकलाखभन्दा बढी हुन नदिन प्रयासरत रहेको जानकारी दिइन् । ‘कुनै पनि सुरक्षात्मक उपायहरु नअपनाउने हो भने १५ लाखदेखि २० लाखसम्मको निधन हुनसक्ने बिभिन्न विश्वविद्यालयहरुको अध्ययनले देखाएको छ । नियमित हात धुने, मास्कको प्रयोग गर्ने, सामाजीक दुरी कायम गर्ने र घरमै बस्ने जस्ता उपायहरु अपनाउँदा हामीले यो क्षतीलाई एकलाखमै सिमित गर्न सक्छौँ’ उनले भनिन् ।
यद्यपी एकलाखको संख्या सुन्दा पनि डरलाग्दो आँकडा हो । यसर्थ चिकित्सकहरुले घरमै बस्न र अत्यावश्यक कामका लागि बाहिर निस्कनुपर्दा ६ फिटको सामाजीक दूरी कायम गर्न सुझाएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो दुई साता कोरोनाको प्रकोप अझै भयावह हुने उल्लेख गरेका छन् । यस्तो अवस्था आउँदा पनि सरकारले अझै पुरै देशलाई केही समयका लागि ‘लकडाउन’ गर्न भने आँट गरेको छैन ।
यो रोगबाट मृत्यु हुनेको संख्या उच्च दरमा बढिरहँदा समेत ट्रम्प प्रशासन गंभीर नभएको देखिएको छ ।
तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया