मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकामा मंगलबार दुखद दिन कोभिड १९ बाट ९१२ को मृत्यु

अमेरिकामा मंगलबार दुखद दिन कोभिड १९ बाट ९१२ को मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा कोभिड १९ संक्रमण फैलिए यता मंगलवार सवैभन्दा वढी दुखद दिन रह्यो । सीएनएन हेल्थले जनाए अनुसार मंगलवार एकै दिन कम्तिमा पनि ९१२ जनाएको मृत्यु भएको छ ।

कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका परेको छ । अमेरिकामा अस्वाभाविक र चमत्कारिक ढंगले संक्रमितको संख्या बढेको छ । यहाँ १ लाख ८८ हजार ५७८ जना संक्रमित भएका छन्, जसमध्ये ४०५४ जनाले ज्यान गुमाएका छन् । एक लाख ७७ हजार २७३ को उपचार जारी छ ।

यसवाट अहिलेसम्म कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या ४०५३ पुगेको छ । संक्रमितको संख्या झण्डै १ लाख ९० हजार पुग्न थालेको छ । सवैभन्दा प्रभावित न्यूयोर्क भएको छ । यो अन्य शहरमा पनि फैलिदंै गएको छ । तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares