मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकी वरिष्ठ नागरिक अधिकारकर्मी जोसेफ लोवेरीको निधन

अमेरिकी वरिष्ठ नागरिक अधिकारकर्मी जोसेफ लोवेरीको निधन


एटलान्टा । अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षका थिए । 
 
लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गर्नुभएको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो । 
 
अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी थिए । 
 
लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य हुन् । उनले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गरेका थिए । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।
 
उनले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए । एपी 
 

शेयर गर्नुहोस:

0
Shares