मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा आइतबार जनता कर्फ्यु लागू

भारतमा आइतबार जनता कर्फ्यु लागू


नयाँ दिल्ली । भारतमा आइतबार जनता कर्फ्यु लागू गरिएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यु लगाइएको छ ।
 
प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कर्फ्यु १४ घन्टामात्रै भएको अधिकारीहरुले जनाएका छन् । जनता कर्फ्युबाट एक अर्बभन्दा धेरै मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । 
 
स्थानीय समयअनुसार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु लागू हुने जनाइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कर्फ्युलाई पालना गर्न र कोरोना विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका छन् । 
 
उनले आजका लागि जनता कर्फ्यु लगाउन अधिल्लो हप्ता नै आह्वान गरेका थिए । यो जनता कर्फ्युबाट भाइरसविरुद्ध लड्ने भारतीय क्षमता परीक्षण हुने उनको भनाइ छ ।
 
जनता कर्फ्युमा सबै जनता आफ्नै घरभित्र बस्ने र बाहिर ननिस्कने व्यवस्था गरिएको छ । 
 
जनता कर्फ्युका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्नेबाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन् ।
 
भारतका कतिपय स्थानमा यसअधि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

0
Shares