मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १५४ पुग्यो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १५४ पुग्यो


न्यूयोर्क । कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको छ । जोहन्स होप्किन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्र र विश्वभर कोरोनाबारे तथ्यांक सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार बिरामी हुनेको सङ्ख्या  ९३८५ पुगेको छ ।  
 
अधिकारीहरुका अनुसार पछिल्लो सात घन्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या  ९३८५ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १५४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
अष्ट्रेलियामा छैठौँ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्यु भएको हो । 
 
उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् । 
 
अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिकरुपमा सयौँ व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ । 
 
जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ । 
 
भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares