मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड–१९ अपडेट : १६३ देश प्रभावित, ७५१३ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १६३ देश प्रभावित, ७५१३ व्यक्तिको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १६३ देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट मंगलबार बेलुकी ९:३० बजेसम्म  सात हजार ५१३ जनाको मृत्यु भएको छ । 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अनुसार हालसम्म एक लाख ८९, हजार ६९७ जनामा संक्रमण देखिएकोमा ८० हजार ८७४ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख एक हजार ३१० जना संक्रमितको उपचार जारी छ । जसमध्ये छ हजार ५१४ जनाको अवस्था गम्भीर रहेको छ । 
 
मंगलबारसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २२६ पुगेको छ भने नयाँ संक्रमितको संख्या २१ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या १३ रहेको छ । 
 
चीनपछि इटालीमा दुई हजार १५८ जनाको ज्यान गएको छ । इटालीमा २७ हजार ९८० जना संक्रमित भएका छन् । इरान १६ हजार १६९ जना संक्रमित भएकोमा ९८८ जनाले ज्यान गुमाएका छन् । इरानमा मंगलबारमात्रै १३५ जनाले ज्यान गुमाएका छन् । यस्तै, स्पेनमा ११ हजार ४०९ व्यक्ति संक्रमित छन् भने हालसम्म ५०९ जनाले ज्यान गुमाएका छन् । स्पेनमा मंगलबारमात्रै १६७ जनाले ज्यान गुमाएका छन् । 
 
दक्षिण कोरियामा आठ हजार ३२० जना कोरोनाबाट प्रभावित छन् भने ८१ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा ८०८४ संक्रमित छन् भने २० जनाको मृत्यु भएको छ । फ्रान्समा छ हजार ६६३ जना प्रभावित रहेकोमा १४८ जनाले ज्यान गुमाएका छन् । यसैगरी, अमेरिकामा ५२४३ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ९४ जनाले ज्यान गुमाएका छन् ।
 
यसैगरी, युकेमा ५६, नेदरल्याण्ड्समा ४३, जापानमा २८,स्वीट्जरल्याण्डमा २१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एजेन्सी

शेयर गर्नुहोस:

27
Shares