मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बिरामीको मृत्यु भएपछि अस्पतालको सेवा ठप्प

बिरामीको मृत्यु भएपछि अस्पतालको सेवा ठप्प


लुम्बिनी । उपचारमा आएका बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानिगाउँ (युसिएमएस) भैरहवामा मस्तिस्कघातको उपचार भइरहेकी बिरामी नवलपरासी बर्दघाटकी यमकुमारी पुनको सोमबार मृत्यु भएको थियो ।
 
मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै न्यूरो सर्जरीको कक्षमै प्रवेश गरी उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ । उपचार कक्षमै चिकित्सकमाथि भौतिक आक्रमण गरेको भन्दै सोमबार दिनभरी युसिएमएसमा ओपिडी सेवा ठप्प भयो । 
 
चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवामा संलग्न नहुने बताएका छन् । अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार मस्तिस्कघात भएर आएकी यमकुमारीको उपचारका क्रममा मृत्यु भएको हो । 
 
गुरुङले बिरामीको सोमबार बिहानै मृत्यु भएपछि आफन्तले एक्कासि उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका बताए । मृतकका आफन्तको कुटाइबाट डा अर्चन घिमिरे घाइते भएको अस्पतालले जनाएको छ । सोमबार दिउँसो अबेरसम्म अस्पतालमा प्रदर्शन गरेका आफन्तले शव लगेर सदगत गरिसकेका छन् । तर, चिकित्सक भने काममा फर्केका छैनन् । 
 
उक्त विषयमा जिल्लास्थित सुरक्षा प्रमुखसँग पनि छलफल भएको अस्पतालका प्रशासकीय प्रमुख तेजकुमार केसीले बताए । 

शेयर गर्नुहोस:

0
Shares