मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

१५ दिन तपाईहरू धैर्य गरेर घरमै बस्नुस स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस

१५ दिन तपाईहरू धैर्य गरेर घरमै बस्नुस स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेस


यूरोप  ।  स्पेनका  प्रधान मन्त्री पेद्रो सान्चेस [Pedro Sánchez ] ले सबै जना आ-आफ्नो घर भित्र बसिदिनु हुन आग्रह गरेका छन् । सरकार जनतालाई अत्यावश्यक कुराहरू पुरा गर्नेछ नआत्तीनु होला धैर्य गरिदीनुस हामीले भाईरस नियन्त्रणगर्नेछौ। छोटो समयमै स्पेनमा कोरोना भाईरस बाट संक्रमण हुने संख्या बृद्दी भएपछी आज  मिती देखी कम्तिमा १५ दिन सम्म कोही पनि जनता बाहिर निस्कन उक्त आग्रह गरिएको  हो । 
 
खाने कुरा किन्न औषधी किन्न बैंकमा पैसा निकाल्न, हस्पिटल  पेट्रोल पम्प  सम्म जानुस त्यो पनी अती ज़रूरी भएको खन्डमा मात्र पेद्रोले बताए ।स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । 
 
स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने समाचार आईरहेका छन् । स्पेनको म्याड्डीड , पाईस भास्को , भ्यालेन्सिया मा संक्रमण संख्या बढी रहेको र मृत्यूको संख्या पनी बढी रहेको छ भने बार्सिलोना राजधानी रहेको कातालुनियामा केही व्याक्तीहरूको परिक्षण गर्दै गरिएको समाचार आईरहेका छन् ।तस्बिर : सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares