मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

प्रधानमन्त्रीको दोस्रोपटक सफलरूपमा मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्रीको दोस्रोपटक सफलरूपमा मिर्गौला प्रत्यारोपण


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफलरूपमा मिर्गौला प्रत्यारोपण भएको छ । 
 
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।
 
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।
 
यसको विस्तृत विवरण केही समयमा अस्पतालले दिने बताइएको छ । 
 
मिर्गौला प्रत्यारोपणअघि उनको मंगलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
 
उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गरेकी हुन् । 
 
यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यतिबेला अञ्जना घिमिरेले मिगौला दान गरेकी थिइन् । 

शेयर गर्नुहोस:

0
Shares