मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह


काठमाडौँ । नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।  
 
महासंघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराएकोले सुरक्षा व्यवस्था मिलाउन माग गरेको बताए । 
 
उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए । 
 
पत्रकार शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शंकास्द गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएको महासचिव विष्टले बताए । 
 
उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ भत्र्सना गरेको बताए ।
 
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो हाम्रा कुरा डटकममा सार्वजनिक गरेपछि पत्रकार सिवाकोटीको चौतर्फी चर्चा भएको छ ।
 
उनले सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रकरण मिडियामा ल्याएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । बाँस्कोटाले राजीनामा गरेयता पत्रकार सिवाकोटीमाथि सुरक्षा चुनौती बढेको छ । 
 
हाम्रा कुरा डटकममा प्रधानसम्पादक सिवाकोटीले यसअघि पनि पूर्वसभामुख कृष्णबहादुर महराको यौन दुव्र्यवहार प्रकरण सार्वजनिक गरेका थिए ।
 
सभामुखबाट राजीनामा गर्न बाध्य पारेको समाचार सिवाकोटीले प्रकाशित गरेपछि अन्य सञ्चारमाध्यमले त्यसलाई पछ्याउँदै प्रकाशन गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares