मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

मूल दोषीलाई कारवाही गर्न शान्ति समाजको माग

मूल दोषीलाई कारवाही गर्न शान्ति समाजको माग


काठमाडौँ । विभिन्न घोटालाका मूल दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकमा स्वतन्त्रताविरोधी प्रावधान हटाउन मागसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । 
 
माइतीघरमा आज वाइडबडी÷न्यारोबडी जहाज खरिद र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै समाजले एक घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो । 
 
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं मन्त्रिपरिषद्का प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा मुछिएको सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणको गहिरो छानबिन गरी दोषीमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाउन समाजले सरोकार भएका निकायसँग माग गरेको छ ।
 
संसदमा प्रस्तुत सूचना प्रविधिलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा स्वतन्त्रताविरोधी प्रावधान हटाउन पनि समाजले प्रदर्शनमार्फत ध्यानाकर्षण गराएको छ । 
 
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईं, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराललगायत केन्द्रीय सदस्यको सहभागिता थियो ।
 

शेयर गर्नुहोस:

0
Shares