मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनआरएन अमेरिकाको ‘नेपाली युवा सम्मेलन’ को तयारी पुरा

एनआरएन अमेरिकाको ‘नेपाली युवा सम्मेलन’ को तयारी पुरा


ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आयोजनामा आज आइतबार साँझ ड्यालसको आर्लिङ्गटनमा हुन लागेको ‘नेपाली युवा सम्मेलन’ को तयारी पुरा भएको छ । 
 
युवा तथा विद्यार्थी समुदायलाई एनआरएन प्रति आकर्षित गर्ने उद्वेश्यले यो सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिका संयोजक सन्देश उप्रेतीका अनुसार अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
 
सम्मेलनका अमेरिकाभरि रहेका नेपाली युवा तथा विद्यार्थीहरुको सहभागिता हुने समेत उप्रेतीले जानकारी दिए । पछिल्लो समयमा एनआरएन अमेरिकाले यहाँ रहेका युवा तथा विद्यार्थीको समस्याप्रति ध्यान नदिएको भन्दै सदस्य बन्ने र सकृय हुने क्रम बन्द जस्तै भएको छ । त्यसैलाई मत्थर पारेर युवा तथा विद्यार्थीलाई संस्थाप्रति आकर्षित गर्ने र उनीहरुका समस्यालाई समाधान गर्न पहल गर्ने उद्वेश्य साथ यो कार्यक्रम हुन लागेको जनाइएको छ । 
 
आर्लिङ्टनस्थित युनिभर्सिटी अफ टेक्ससको हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि संयोजक उप्रेतीले सबैसँग अपिल गरेका छन् । राजदूत कार्कीसँग विद्यार्थीले आफ्ना समस्या राख्ने अवसर समेत मिल्ने भएकोले सहभागी भएर आफ्ना जिज्ञासाहरु राख्न समेत उनले आग्रह गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares