मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने तयारी

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने तयारी


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘गृहकार्य’ थालेको छ । 
 
नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन गरेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कानुनविद् तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
 
अहिले नेकपाले वामदेवलाई नै प्रधानमन्त्री बनाउन बाटो फुकाउने गरी प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको हैसियत एकै बनाउन संविधान संशोधन गर्न लागेको छ । 
 
संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको स्रोतले जानकारी दिएको छ । 
 
सचिवालय बैठकले माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
 
कार्यदलले संविधानमा भएको मौजुदा व्यवस्था अध्ययन गर्नेछ । विभिन्न राजनीतिक दलसँग पनि परामर्श गरेर सुझाव प्रस्तुत गर्ने छ । 
 

शेयर गर्नुहोस:

0
Shares