मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रपति ट्रम्पले आफ्नो अनुदार छवि कायम राख्दै दिए नीतिगत भाषण

राष्ट्रपति ट्रम्पले आफ्नो अनुदार छवि कायम राख्दै दिए नीतिगत भाषण


अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार प्रस्तुत स्टेट अफ द युनियन मन्तव्यमा अमेरिका पूर्ण आफ्नो सामथ्र्यमा फर्किन सकेको दाबी गरेका छन् ।
 
अर्थतन्त्रले छलाङ मारेको, बेरोजगारी दर आधा शताव्दीयताकै सबैभन्दा न्यून रहेको, आफ्नो तीन वर्षे कार्यकालमा ७ करोडभन्दा बढी नयाँ रोजगारीका अवसर सृजना भएको राष्ट्रपतिले दाबप् गरेका छन् ।
 
उक्त मन्तव्यमा ट्रम्पमा आफ्नो अमेरिका पहिलो र  गैरकानुनी इमिग्रेसनप्रति अनुदार नीति कायम रहेको स्पष्ट गरेका छन् । आउने राष्ट्रपति चुनावमा पनि यही प्रमुख मुद्दा बन्ने संकेत उक्त मन्तव्यले दिएको छ ।
 
स्वास्थ्य क्षेत्रमा पनि अमेरिकाले प्रगति गरेको दाबी गर्दै समाजवादको प्रभावबाट अब यसलाई ध्वस्त हुनबाट जोगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ थियो । 
 
अमेरिकी कांग्रेस र सिनेटको संयुक्त सभामा दिएको उक्त स्टेट अफ द युनियनमा उनले गैरकानुनी अप्रावासीप्रति भने अझै कडा हुने बताए ।
 
गैरकानुनी इमिग्रेन्ट (अप्रावासी) विभिन्न अपराधमा संलग्न भएको, अमेरिकी करदाताको पैसामा स्वास्थ्यलगायतका सुविधा उपयोग गरेको बताउँदै उनले यसलाई रोक्नुपर्ने बताएका छन् ।
 
अमेरिकाको राजनीतिमा पार्टीगत ध्रुवीकरण फराकिलो भइरहेको समयमा यो स्टेट अफ द युनियन मन्तव्य प्रस्तुत भएको हो । यसको असर हलमा पनि देखिएको थियो । 
 
कांग्रेसमा महाभियोग आरोप लागेका ट्रम्पले बहुमत पक्षका नेता नेन्सी पोलेसीसँग हात मिलाएनन् ।
 
बैठकको संयुक्त अध्यक्षता गरिरहेकी पोलेसीले ट्रम्पतिर हात बढाएकी थिइन् । तर, ट्रम्पले नदेखेको जसरी हात नमिलाइकनै अगाडि बढे । पोलेसीले पनि ट्रम्पको भाषणको प्रति च्यातेर साइड लगाइदिएकी थिइन् । 
 
ट्रम्पले झण्डै साढे एक घन्टा लामो भाषणमा आफ्नो कार्यकालको उपलब्धि निकै बढाइचढाइ गरेका थिए । तर, अमेरिकालाई अगाडि लैजाने सोचको भने अभाव थियो ।
 
राष्ट्रपति चुनावअघि ट्रम्पको यो अन्तिम नीतिगत भाषण हो । तस्बिरः सामाजिक सञ्जाल 

शेयर गर्नुहोस:

0
Shares