मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोना भाइरस फैलिन नदिन रुपन्देहीको सीमा क्षेत्रमा सर्तकता

कोरोना भाइरस फैलिन नदिन रुपन्देहीको सीमा क्षेत्रमा सर्तकता


रुपन्देही । कोरोना भाइरस फैलिन नदिन नेपाल भारतको सीमा क्षेत्र बेलहीयामा सतर्कता बढाइएको छ । स्थल नाका हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको सिमानाका बेलहीयामा चेकजाँच सुरु गरिएको छ । 
 
सिद्धार्थनगर नगरपालिका कार्यालयको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा सुरक्षा निकायको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा आएको हो ।
 
चीनबाट फैलिएको कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेकाले विभिन्न देशका पर्यटकलाई लक्षित गरी आज बेलहियामा हेल्थ डेस्क राखेर सतर्कता बढाइएको अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले जानकारी दिए । 
 
अध्यागमन कार्यालयमा विभिन्न देशबाट आउने पर्यटक र टुर गाइडलाई प्रवेशआज्ञा दिनु अगावै हेल्थ डेस्कमा परामर्शको लागि पठाउने गरेको उनले बताए । 
 
भारतले पनि आफ्नो देशमा आउने विभिन्न पर्यटकलाई लक्षित गरी हेल्थ डेस्क स्थापना गरेको छ । बेलहिया–सुनौली नाका भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आवागमन हुने भएकाले यस क्षेत्रमा सर्तकता बढाइएको हो । 
 
अध्यागमन कार्यालय नजिकै राखिएको हेल्थ डेस्कमा सर्वप्रथम प्रवेआज्ञाको लागि आउने विदेशी पर्यटकलाई परामर्शको लागि पठाउने गरिएको छ । क्याम्पमा रहेका स्वाथ्यकर्मीको परामर्शपछि शङ्कास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागि पठाउने व्यवस्था गरिएको छ । 
 
यसरी परामर्शका लागि आएका पर्यटकमध्ये शङ्कास्पद र असल समस्या भएको व्यक्तिको पहिचान गरी भैरहवाको भीम अस्पताल अथवा युनिकर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने व्यवस्था भएको अनमी गङ्गा कँडेलले बताइन् ।  

शेयर गर्नुहोस:

0
Shares