मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । 
 
प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।” 
 
संविधानको भावना प्रतिकूल केही विधेयकहरू सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरू त्यही रूपमा पारित गर्न नहुनेमा जोड दिए । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो । 
 
कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घन्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सीधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताए । 
 
संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको अवगत गराउँदै उनले भने, “यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसिसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।”

शेयर गर्नुहोस:

0
Shares