मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

आदर्श विद्याश्रममा स्काउटको दीक्षान्त समारोह

आदर्श विद्याश्रममा स्काउटको दीक्षान्त समारोह


चितवन । आदर्श विद्याश्रम भण्डारा चितवनको २५औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् प्रथम आभा स्काउट दीक्षान्त समारोह भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । 
 
विद्यालयका प्रिन्सिपल मीनराज खरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती नगरपालिकाका प्रशासकीय अधिकृत मीठाराम हुमागाईंले विद्यालयको वार्षिकोत्सवका अवसरमा उन्नति तथा प्रगतिको कामना गर्दै स्काउट ट्रुपको महत्वमाथि प्रकाश पारे ।
 
उनले देश विकासका लागि स्काउटको भूमिकामाथि प्रकाश पारेका थिए । 
 
कार्यक्रममा नेपाल स्काउट गाइड फिलोसिपका उपाध्यक्ष एवम् जिल्ला आयुक्त तीर्थराज न्यौपानेले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकाले नगरपालिकाका सबै विद्यालयमा स्काउट ट्रुप गठन गर्नुपर्नेमा जोड दिए । 
 
पछिल्लो समय समाजमा विभिन्न खालको विकृति बढोत्तरी हुँदै गएकाले स्काउट विद्यार्थीमार्फत् समाजलाई अनुशासित बनाउन हरेक विद्यालयमा स्काउट लागू गर्नुपर्ने बताए । 
 
स्काउटर बुद्धिबहादुर गुरुङले ४४ जना स्काउटलाई दीक्षित बनाएका थिए । 
 
विद्यालयका सहायक प्रिन्सिपल सूर्य ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रापती नगरपालिकाका वडाध्यक्षहरु, बुद्धिजीवी, अभिभावकलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
 
कार्यक्रममा विद्यालयका स्काउट छात्रछात्राले विभिन्न सांगीतिक कार्यक्रम तथा आफ्ना कला, कौशल प्रस्तुत गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares