मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको  पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ । 
 
यसैगरी प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गर्ने निर्णय बैठकले गरेको छ । 
 
प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का सँग सहकार्य गर्ने सहमति गरेको छ ।  
 
बैठकले प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा वेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता÷अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार तय गरेको छ । 
 
यसैगरी कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिए । 
 
निर्वाचन आयोगले सो निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।

शेयर गर्नुहोस:

0
Shares