मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्ने बताएका छन् । 
 
नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने बताए । 
 
उनले दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हालतमा टुङ्ग्याएर जानुपर्ने भन्दै कम्तीमा पनि पुस २२ गतेभित्र निर्णय गरिसक्नुपर्ने धारणा राखे ।
 
प्रदेशसभाको कार्यपरामर्श समितिले पहिलो बैठकबाटै नाम र राजधानीको विषय टुङ्गो लगाउने गरी तयारी थालिसकेको बताए । 
 
मुख्यमन्त्री पौडेलले सकेसम्म पुस २२ गते नै प्रदेशसभाबाट सम्पूर्ण प्रक्रिया र छलफल सकेर  पास गरेर जानुपर्ने बताए । 
 
संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाने हो भने प्रदेशसभामा अलमल नहुने र प्रदेशसभाको सबै तालिका मिलाएर दुई दिनमै नाम र राजधानीको विषयको टुङ्गो लाग्ने उनको भनाइ थियो । 
 
यही पुस २१ गते हुने प्रदेशसभाको हिउँदे अधिवेशनअघि नेकपा संसदीय दलको बैठक बसेर साझा धारणा निर्माण गर्न लागिएको जनाइएको छ । 

शेयर गर्नुहोस:

0
Shares