मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–भारत स्काउट फेलोसिपबीच विशेष भेटघाट कार्यक्रम

नेपाल–भारत स्काउट फेलोसिपबीच विशेष भेटघाट कार्यक्रम


चितवन । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालको सहकार्य एवम् इन्डिया स्काउट एण्ड गाइड फेलोसिपको आयोजनामा पुस ११ देखि १४ गतेसम्म चारदिने ‘विशेष भेटघाट तथा युवाहरुको लागि चौंथो अपूर्व अनुभव कार्यक्रम–२०१९’ सोमबार सम्पन्न भएको छ । 
 
सो समारोहका संयोजक तथा नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका उपाध्यक्ष तीर्थराज न्यौपानेले दुई देशबीचको भातृत्व, आत्मीयता र सानिध्यता रहँदै आएको बताउँदै स्काउटका कार्यक्रमहरुमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
 
उनले नेपाल भ्रमण वर्षको अवसरमा पाहुनाहरुलाई निमन्त्रणासहित स्वागत गर्दै सौराहामा हात्ती महोत्सव जारी रहेको बताए ।  
 
इन्डिया स्काउट एण्ड गाइड फेलोसिपका राष्ट्रिय अध्यक्ष म्याक मचीले स्काउट फेलोसिपका बारेमा चर्चा गर्दै नेपालको प्राकृतिक र सांस्कृतिक विशेषताले आकर्षित भएको बताए । 
 
जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले नेपाल–भारतबीच सदिऔँदेखि सम्बन्ध रहँदै आएको र स्काउटका माध्यमबाट अझै आत्मीय बन्न पुगेको बताए । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा भारतबाट १५७ प्रतिनिधि तथा नेपालका तर्फबाट ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 
सो अवसरमा नेपाल र भारतका तर्फबाट ६/६ वटा नृत्य प्रस्तुत भएको थियो । 
 
कार्यक्रममा स्काउटलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई कालिका नगरपालिकाका स्थानीय आयुक्त चित्रबहादुर रायमाझीले सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares