मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश र केन्द्रबीच समन्वय आवश्यक छ : मुख्मन्त्री पौडेल

प्रदेश र केन्द्रबीच समन्वय आवश्यक छ : मुख्मन्त्री पौडेल


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशका सबै प्रदेश र केन्द्रबीच अझै धेरै विषयवस्तुका बारेमा समन्वयको आवश्यकता रहेको बताएका छन् । 
 
आज प्रदेश नं ३, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा विभिन्न प्रदेशका प्रमुख न्यायाधिवक्ताहरुबीच हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री पौडेलले प्रदेशको एकल अधिकारको सूचीमा भएका विषयवस्तुमा प्रदेश प्रदेशबीच समन्वयको आवश्यकता रहेको बताए । 
 
उनले प्रदेश र केन्द्रबीच बाँझिएका विषयवस्तुको समेत सामूहिक निकास खोजिनुपर्ने बताए । 
 
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशले भोगिरहेका समस्याको समाधानका लागि प्रदेशका मुख्यमन्त्रीले नै पहलकदमी लिनुपर्ने बताए । 
 
प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बेलैमा समस्याको समाधान नगरिए प्रदेश सरकारले जनअपेक्षाअनुसारको परिणाम दिन नसक्ने बताए ।
 
छलफलमा प्रदेश नं ३ का प्रमुख न्यायाधिवक्ता ओम थपलियाले प्रदेशको एक सूचीमा भएका अधिकार प्रयोग गर्न केन्द्रको कानून कुरेर बसिरहन नपर्ने बताए । 
 

शेयर गर्नुहोस:

0
Shares