मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपतिसँग भारतीय राजदूत पुरीको बिदाइ भेट

राष्ट्रपतिसँग भारतीय राजदूत पुरीको बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् । 
 
त्यस अवसरमा  उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
 
आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले बिदाइ भेट गरे । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
 
प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए । दुवै भेटमा राजदूत पुरीका साथ उनकी श्रीमती पनि थिइन् । 
 
सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए । 
 
सन् २०१७ को २६ मार्चदेखि  भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी  २०२० मा स्वदेश फर्कंदै छन् । 

शेयर गर्नुहोस:

0
Shares