मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा अटो दुर्घटना, पाँच जनाको मृत्यु, एक गम्भीर घाइते

चितवनमा अटो दुर्घटना, पाँच जनाको मृत्यु, एक गम्भीर घाइते


चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–४ स्थित चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
 
चेपाङमार्गस्थित भित्री सडक खण्डमा चेपाङमार्गबाट चौकीडाँडातर्फ आउँदै गरेको ना१ह ६४०९ नं। को अटो आफैँ अनियन्त्रित भई पल्टिँदा पाँच जनाको ज्यान गएको हो । 
 
सो दुर्घटनामा परी मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटारी बस्ने ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् ।
 
अन्य चार जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सनाखत नहुनेमा तीन जना महिला रहेका छन् । 
 
उनीहरु सबैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शनिबार साँझ मृत्यु भएको हो ।
 
दुर्घटनामा घाइते भएका एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी चितवनले जनाएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares