चितवन । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका सभापति एवम् नेपालका लागि लम्जम्बर्सका अवैतनिक वाणिज्य दूत (कन्सुलर) श्रीराम लामिछानेको सभापतित्वमा समीक्षा बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले गत वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षसम्मको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले आगामी अगस्त १७ तारिखदेखि २२ सम्म स्पेनको म्याड्रिडमा हुने ‘वल्र्ड कन्फरेन्स २०२० इन्टरनेशनल स्काउट एण्ड गाइड फेलोसिप’मा नेपालबाट १५ जना सहभागी गराउने निर्णयसमेत गरेको छ ।
वल्र्ड कन्फरेन्समा नेपालबाट सभापति लामिछाने, चित्रबहादुर रायमाझी, अमर पराजुलीसहित १५ जनाको टोलीले प्रतिनिधित्व गर्ने चितवन जिल्ला आयुक्त एवम् गाइड फेलोसिपका उपसभापति तीर्थराज न्यौपानेले जानकारी दिए ।
नेपाल स्काउट गाइड फेलोसिपका अध्यक्ष अमेरिका जान लागेकाले आगामी पुष १ देखि करिब ६ महिनाका लागि उपसभापति तीर्थराज न्यौपानेलाई कार्यवाहक सभापति दिने निर्णयसमेत बैठकले गरेको छ ।
नेपालका सबै क्षेत्रमा फेलोसिपको विस्तार गर्दै स्काउटका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जिल्ला आयुक्त न्यौपानेले गरेका छन् ।








प्रतिक्रिया